Logo

२०८३, आश्विन ९गते


images
images

क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने ११ जना पक्राउ

क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने ११ जना पक्राउ

images
  • क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने ११ जना पक्राउ
    images
    images

    काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-१ तौलुडस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई जुवा-तास खेलाइरहेको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको संयुक्त टोलीले क्यासिनोमा जाँच गरेको थियो ।

    images
    images
    images

    जाँचका क्रममा नेपाली नागरिकलाई प्रवेश गराई क्वाइनमार्फत नगद साटेर हारजित हुने गरी जुवा-तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीले घटनास्थलबाट ९ थान मोबाइल, ५० हजार रुपैयाँ लेखिएका ८ थान क्वाइन, १० हजार रुपैयाँ लेखिएका १९ थान क्वाइन, १ हजार रुपैयाँ लेखिएका ८८ थान क्वाइन, १ सय रुपैयाँ लेखिएका ५ थान क्वाइन र नेपाली नगद १० लाख ८५ हजार ६ सय रुपैयाँ बरामद गरेको छ ।

    पक्राउ परेकाहरूलाई जुवा सम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट दुई दिनको म्याद थप अनुमति लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्यासिनो
  • # जुवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।