Logo

२०८३, आश्विन ९गते


images
images

आज संघीय संसदका चार समितिको बैठक बस्दै

आज संघीय संसदका चार समितिको बैठक बस्दै

images
  • आज संघीय संसदका चार समितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    आज बिहान १० बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ का सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफलको कार्यसूची रहेको छ  ।

    images
    images
    images

    त्यस्तै, बिहान ८ बजेदेखि शुरु हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय एवं भौतिक क्षति, उद्धार, राहत, पुनःस्थापना एवं पुनःनिर्माणका सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका एवं भइरहेका कार्य, त्यस्ता कार्यसम्पादनका क्रममा देखा परेका समस्या तथा चुनौती र आगामी दिनमा यस सम्बन्धमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका सम्बन्धमा शिक्षा मन्त्री र सचिवसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

    त्यसैगरी, बिहान ११ बजे र दिउसो १ बजे बस्ने बस्ने राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ को प्रतिवेदन माथि छलफल र आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथि सैद्धान्तिक छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।

    त्यस्तै दिउसो १: १५  बजेदेखि शुरु हुने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संघीय संसद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।