Logo

२०८३, आश्विन ९गते


images
images

चिनियाँ सूचना अनुसार जोर्डनस्थित आफ्नो सैन्य केन्द्रमा इरानले आक्रमण गरेको अमेरिकाको दाबी

चिनियाँ सूचना अनुसार जोर्डनस्थित आफ्नो सैन्य केन्द्रमा इरानले आक्रमण गरेको अमेरिकाको दाबी

images
  • चिनियाँ सूचना अनुसार जोर्डनस्थित आफ्नो सैन्य केन्द्रमा इरानले आक्रमण गरेको अमेरिकाको दाबी
    images
    images

    काठमाडौँ । अमेरिकाले गत जुलाईमा जोर्डनस्थित अमेरिकी सैन्य केन्द्रमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा चिनियाँ संस्थाले उपलब्ध गराएको उच्च गुणस्तरको भूउपग्रह तस्बिर प्रयोग भएको दाबी गरेको छ । उक्त आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

    images
    images
    images

    अमेरिकी अधिकारीहरूका अनुसार चिनियाँ कम्पनीले इरानलाई अमेरिकी सैन्य लक्ष्य पहिचान गर्न सहयोग पुग्ने सूचना उपलब्ध गराएको थियो । चीनले भने यस्तो आरोप अस्वीकार गर्दै इरानलाई दिइएको सहयोग अन्तर्राष्ट्रिय कानुनअनुसार रहेको जनाएको छ ।

    images
    images
    images

    अमेरिकाले यसअघि नै इरानलाई भूउपग्रह तस्बिर उपलब्ध गराएको आरोपमा तीन चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो घटनाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको आगामी भेटअघि दुई देशबीच तनाव बढ्न सक्ने आशंका गरिएको छ ।

    images
    images
    images

    अमेरिकी अधिकारीहरूले चीन वा रुसले इरानलाई अमेरिकी सैन्य तथा नौसैनिक गतिविधिको निगरानीका लागि उच्च गुणस्तरका भूउपग्रह तस्बिर र लक्ष्यसम्बन्धी सूचना उपलब्ध गराइरहेको हुन सक्ने आशंका गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।