रुपन्देहीको देवदहमा नियोन युवा क्लवको पुर्नगठन भएको छ । देवदह नगरपालीका वडा नम्बर ७ स्थित जागृति नगर टोल बिकास सस्थाको पहलमा देवदहको जागृतीनगरमा युवा क्लवको गठन भएको हो ।
बि. सं. २०६५ सालमा स्थापना भएको क्लवले लामो समयदेखी नेतृत्व पाउन नसक्दा निष्क्रिय जस्तै भएको थियो । जागृतीनगर टोलबिकास सस्थाको पहलमा आज भएको युवाहरुको भेलाले युवराज पाण्डे ( शिव ) को अध्यक्षतामा क्लवको पुर्नगठन गरेको हो ।
क्लवको उपाध्यक्षमा प्रतिमा न्यौपाने, सचिवमा प्रदिप न्यौपाने, कोषाध्यक्षमा बिबेक भण्डारी निर्वाचित भएका छन् ।
यस्तै क्लवका उप सचिवमा दिपक खरेल सह कोषाध्यक्षमा सुस्मिता रेग्मी निर्वाचित भएका छन् ।
क्लवको सदस्यहरुमा दिपेन्द्र सापकोटा, अंकिता पाण्डे, विशाल पाण्डे, डेनिश अधिकारी, सुरज पौडेल, परिर्वतन सुवेदी, अनुषा पाठक, बिशाल सुवेदी, कुशल पौडेल, आर्जु रेग्मी र सिद्धान्त थापा निर्वाचित भएका छन् ।
जागृतीनगर टोल बिकास संस्थाका अध्यक्ष मुक्ति कार्कीको बिशेष पहलमा पुर्न गठन भएको क्लवको आजै सम्पन्न भएको पहिलो बैठकले जागृती नगरमा सडक बत्तिको जडान गर्ने निर्णय गरेको छ ।
भेलालाई क्लवका संस्थापक सुरज अधिकारी, गंगा अधिकारी, क्ल्वका सल्लाहकार हेम प्रसाद खनाल लगायतले शुभकामना दिँदै आगामी दिनमा क्ल्वले जागृतीनगर टोलमा युवा लक्षीत विभिन्न रचनात्मक कार्यक्रमहरु गर्न सुझाव दिए ।
जागृतीनगर टोल बिकास सस्थाका सचिव सुदिप पौडेलको संचालनमा भेला सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology