Logo

२०८३, आश्विन ९गते


images
images

एशिया कप जितेपछि भारतीय महिला टिमले किन लिएन ट्रफी ?

एशिया कप जितेपछि भारतीय महिला टिमले किन लिएन ट्रफी ?

images
  • एशिया कप जितेपछि भारतीय महिला टिमले किन लिएन ट्रफी ?
    images
    images

    काठमाडौँ । एसिया कप महिला क्रिकेटको उपाधि जितेपछि भारतीय महिला टोलीले एसियन क्रिकेट परिषद्का अध्यक्ष तथा पाकिस्तान क्रिकेट बोर्डका प्रमुख मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गरेको छ ।

    images
    images
    images

    भारतले फाइनलमा श्रीलंकालाई ७२ रनले हराउँदै आठौँ पटक एसिया कपको उपाधि जितेको थियो ।

    images
    images
    images

    पुरस्कार वितरण समारोहमा नकवी ट्रफी लिएर मञ्चमा उपस्थित भए पनि भारतीय टोलीले उनीबाट ट्रफी लिन मानेन । त्यसपछि ट्रफी नदिई नै पुरस्कार वितरण समारोह सकिएको थियो । नकवी श्रीलंकाकी कप्तान चमारी अटापट्टुलाई उपविजेताको पुरस्कार हस्तान्तरण गरेपछि मञ्चबाट बाहिरिएका थिए ।

    images
    images
    images

    नकवी बाहिरिँदै गर्दा रंगशालामा उपस्थित केही समर्थकले उनीविरुद्ध नाराबाजीसमेत गरेका थिए । भारतीय टोली यसअघि पनि सन् २०२५ को पुरुष एसिया कप जित्दा नकवीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो ।

    दुबईमा भएको महिला एसिया कपको फाइनलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेट गुमाएर १८३ रन बनाएको थियो। जवाफमा श्रीलंका २० ओभरमा १११ रनमै अलआउट भएको थियो ।

    यस जितसँगै भारत महिला एसिया कप इतिहासकै सबैभन्दा सफल टोली बनेको छ । भारतले अहिलेसम्म १० पटक फाइनल खेलेकोमा आठ पटक उपाधि जितेको छ । सन् २०२६ को प्रतियोगितामा भारत सुरुदेखि फाइनलसम्म अपराजित रहेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारतीय महिला टिम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।