Logo

२०८३, आश्विन ९गते


images
images

पशुपतिनाथमा आज तीजका दिन दर्शन गर्न पाँचवटा रुट

पशुपतिनाथमा आज तीजका दिन दर्शन गर्न पाँचवटा रुट

images
  • पशुपतिनाथमा आज तीजका दिन दर्शन गर्न पाँचवटा रुट
    images
    images

    काठमाडौँ । हरितालिका तीज पर्व २०८३ का अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले पाँचवटा दर्शन रुट तोकेको छ ।

    images
    images
    images

    हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिएको कोषले जनाएको छ । 

    images
    images
    images

    कोषका अनुसार मित्रपार्क–उमाकुण्डतर्फबाट आउने भक्तजनले उमाकुण्ड, दक्षिणामूर्ति, कैलाश र बद्रिनसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट प्रवेश गरी उत्तरतर्फको मार्गबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

    images
    images
    images

    त्यस्तै, गौशाला–जयबागेश्वरीतर्फबाट आउने भक्तजनका लागि जयबागेश्वरी, दथुःटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार हुँदै अस्थायी आकाशे पुलबाट भुवनेश्वरी, नासलचोक र शंकराचार्यमठ हुँदै पश्चिमतर्फको काठको मार्गबाट दर्शन गर्ने व्यवस्था गरिएको छ ।

    त्यसैगरी, सिनामंगल–विमानस्थलतर्फबाट आउने भक्तजनले तिलगंगा, राममन्दिर, बागमती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल हुँदै पूर्वी ढोकाबाट दर्शन गर्न सक्नेछन् भने पिङ्गलास्थानतर्फबाट आउनेका लागि चार शिवालय, पञ्चदेवल, वृद्धाश्रम हुँदै दक्षिणतर्फबाट मन्दिर प्रवेश गरी दक्षिणी भागबाट दर्शन गर्ने व्यवस्था गरिएको छ ।

    कोषका अनुसार मन्दिर बाहिर पाँचवटा लाइन रहनेछन् भने परिसरभित्र प्रवेश गरेपछि भक्तजनलाई आठवटा लाइनमा विभाजन गरिनेछ । उत्तरतर्फ तीन, पूर्वतर्फ दुई, दक्षिणतर्फ एक र पश्चिमतर्फ दुई लाइन रहनेछन् । एकपटकमा आठ जना भक्तजनले दर्शन गर्न सक्ने गरी छिटो, सहज र व्यवस्थित दर्शनको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

    कोषले सबै भक्तजनलाई तोकिएको दर्शन मार्ग प्रयोग गरी सुरक्षित र व्यवस्थित रूपमा दर्शन गर्न आग्रह गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तीज पर्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।