Logo

२०८३, आश्विन ९गते


images
images

प्रधानसेनापति सिग्देल आज चीन भ्रमणमा जादै

प्रधानसेनापति सिग्देल आज चीन भ्रमणमा जादै

images
  • प्रधानसेनापति सिग्देल आज चीन भ्रमणमा जादै
    images
    images

    काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जान लागेका छन् । प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट आइतबार बिहान ११ बजे छेन्दु जाने भएका हुन् ।

    images
    images
    images

    प्रधानसेनापति बनेपछि हुन लागेको सिग्देलको यो पहिलो चीन भ्रमण हो । यसअघि गत भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा सैनिक एकाइहरूको कार्यक्रममा सहभागी हुने भ्रमण स्वीकृत भएपनि जेनजी आन्दोलन भएपछि उनको भ्रमण स्थगित भएको थियो ।

    images
    images
    images

    नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सगरमाथा फ्रेन्डसीप नामको  सैन्य अभ्यास हुँदै आएको छ । यस वर्ष पनि सैन्य अभ्यासको तयारी भइरहेको बेला सिग्देल चीन भ्रमणमा जान लागेका हुन् । करिब एक साता लामो भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सैनिक सम्बन्ध, सुरक्षा सहकार्यका विषयमा छलफल हुने नेपाली सेनाको स्रोतले जानकारी दिएको छ ।

    images
    images
    images

    सिग्देलको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।