Logo

२०८३, आश्विन ९गते


images
images

बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत दिइने

बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत दिइने

images
  • बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत दिइने
    images
    images

    काठमाडौँ । रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराइने भएको छ ।

    images
    images
    images

    मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार प्रभावित परिवारलाई बसोबास तथा जीविकोपार्जनका लागि राहत रकम उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ ।

    images
    images
    images

    चार जनासम्म सदस्य भएका परिवारले मासिक १५ हजार रुपैयाँ पाउनेछन् भने चार जनाभन्दा बढी सदस्य भएको परिवारका लागि थप प्रत्येक सदस्य बराबर मासिक दुई हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

    images
    images
    images

    बाढीबाट पूर्ण रूपमा क्षति भई बसोबास गर्न अयोग्य भएका निजी आवासका परिवारमध्ये होल्डिङ सेन्टरमा नबसी आफ्नै तरिकाले अस्थायी बसोबास गर्न चाहने परिवारले मात्र यस्तो राहत पाउनेछन् । वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म बढीमा ६ महिनासम्म राहत रकम उपलब्ध गराइनेछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रसुवा बाढी प्रभावित
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।