Logo

२०८३, आश्विन ९गते


images
images

कर्णाली शिवराज एनभीएलको फाइनलमा

कर्णाली शिवराज एनभीएलको फाइनलमा

images
  • कर्णाली शिवराज एनभीएलको फाइनलमा
    images
    images

    काठमाडौं । कर्णाली शिवराज जारी नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा पुगेको छ ।

    images
    images
    images

    शुक्रबार सम्पन्न प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई ३-१ को सेटमा पराजित गर्दै कर्णाली फाइनलमा पुगेको हो ।

    images
    images
    images

    कर्णालीले काठमाडौँ रेड्सलाई २५-२१, २०-२५, २५-२३ र २५-२२ को सेटमा पराजित गरेको हो । यो हारसँगै काठमाडौँ रेड्स प्रतियोगिताबाट बाहिरिएको छ ।

    images
    images
    images

    अब फाइनल खेल कर्णाली र अन्नपूर्ण स्पाइकर्स किंगबीच शनिबार दिउसो ४ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को  कभर्ड हलमा हुने तालिका छन् ।

    केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको थियो । नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्णाली शिवराज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।