Logo

२०८३, आश्विन ९गते


images
images

मध्यावधि चुनाव रिपब्लिकनले जिते प्रत्येक अमेरिकीलाई पाँच हजार डलर दिने ट्रम्पको घोषणा

मध्यावधि चुनाव रिपब्लिकनले जिते प्रत्येक अमेरिकीलाई पाँच हजार डलर दिने ट्रम्पको घोषणा

images
  • मध्यावधि चुनाव रिपब्लिकनले जिते प्रत्येक अमेरिकीलाई पाँच हजार डलर दिने ट्रम्पको घोषणा
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसमा आफ्नो नियन्त्रण कायम राखे प्रत्येक अमेरिकी वयस्कलाई पाँच हजार डलर दिने घोषणा गरेका छन् ।

    images
    images
    images

    रिपब्लिकन पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले उक्त रकमलाई ‘ट्रम्प लाभांश’ भनेका छन् । तर रकम कसरी वितरण गर्ने र यस्तो भुक्तानी कानुनी रूपमा सम्भव छ कि छैन भन्ने स्पष्ट भइसकेको छैन । करिब २७ करोड अमेरिकी वयस्कलाई रकम दिँदा करिब १३ खर्ब ५० अर्ब डलर खर्च हुने अनुमान गरिएको छ ।

    images
    images
    images

    ट्रम्पले आफ्नो कार्यकालको उपलब्धिको प्रशंसा गर्दै मतदातालाई रिपब्लिकन उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । उनले मध्यावधि निर्वाचनसम्म निर्णायक राज्य तथा निर्वाचन क्षेत्रमा व्यापक प्रचार गर्ने बताएका छन् ।

    images
    images
    images

    महँगी र इरानसँगको युद्धलाई मतदाताको प्रमुख चासोका विषय मानिए पनि सम्मेलनमा डेमोक्रेटिक पार्टीमाथि मुख्य रूपमा आक्रमण गरिएको थियो । ट्रम्पले इरानविरुद्धको युद्ध छिट्टै अन्त्य हुने दाबी गर्दै निर्वाचनपछि युद्ध तत्काल समाप्त हुनेसमेत बताएका छन्  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।