Logo

२०८३, आश्विन ९गते


images
images

आज संघीय संसदका ६ समितिको बैठक बस्दै

आज संघीय संसदका ६ समितिको बैठक बस्दै

images
  • आज संघीय संसदका ६ समितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ । आज संघीय संसदका ६ समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    शुक्रबार प्रतिनिधि सभाका अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

    images
    images
    images

    त्यस्तै आज राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ  ।

    images
    images
    images

    बिहान साढे ९ बजे बस्ने अर्थसमितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने छ र छलफलआमा अर्थमन्त्री, सचिव, कानुन सचिव र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सहभागी हुने समितिले जानकारी दिएको छ ।

    त्यस्तै, विहान साढे ९ बजेदेखि शुरु हुने महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाढी प्रभावित क्षेत्र, राहत शिविर तथा अस्थायी आश्रयस्थलमा रहेका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहलाई यौन शोषण, हिंसा, दुर्व्यवहार तथा सबै प्रकारका उत्पीडनबाट संरक्षण गर्ने सम्बन्धमा छलफलको कार्यसुची रहेको छ ।

    त्यसैगरी, आज बिहान १० बजेदेखि शुरु हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत भएको क्षति, उद्धार, राहत एवम् पुनःस्थापनाका सम्बन्धमा भएका/भइरहेका कार्य, कार्यसम्पादनका क्रममा देखा परेका समस्या/चुनौती र आगामी दिनमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका सम्बन्धमा स्वास्थ्यमन्त्री र सचिवसँग छलफलको कार्यसूची रहेको छ ।

    त्यस्तै, अपराहन्न १२: १५ बजे शुरु हुने राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्वयापी जलवायु परिवर्तनको प्रभावले हालै नेपालमा पारेको गम्भिर क्षति र निकट भविष्यमा हुने जलवायु परिवर्तन सम्मेलन लगायत अन्तराष्ट्रिय कुटनीतिक प्रवर्द्धन सम्बन्धमा निम्नानुसारका विषयमा विषयविज्ञ एवं सरोकारवाला संघसंस्थासँग छलफलको कार्यसूची रहेको छ ।

    त्यसैगरी, दिउसो २ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि दफावार छलफलको कार्यसूची रहेको छ ।

    त्यसैगरी, दिउसो साढे १ बजेदेखि शुरु हुने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सङ्घीयता कार्यान्वयन एवं सबलीकरण सम्बन्धमा विज्ञसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संघीय संसदका ६ समिति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।