Logo

२०८३, आश्विन ११गते


images
images

धनुषामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

धनुषामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

images
  • धनुषामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    images
    images

    जनकपुर । धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ स्थित स्वास्थ्य निर्देशनालय अगाडि जनकपुर–ढल्केबर सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    images
    images
    images

    जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बा.प्र. ०२–०६६ प ५९४२ नम्बरको बुलेट मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ज ८ प ३५०९ नम्बरको ग्लामर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनामा बुलेट मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय सुमन यादव गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    बुलेट मोटरसाइकलको पछाडि सवार सिरहाको नरहा गाउँपालिका–५ का अन्दाजी २५ वर्षीय सुभाष यादव र अर्को मोटरसाइकलका चालक धनुषाको लक्ष्मिनिया गाउँपालिका–६ का अन्दाजी ३१ वर्षीय मनोजकुमार यादव घाइते भएका छन् ।

    घाइते दुवैको जनकपुरस्थित जानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनकपुर–ढल्केबर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।