काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्स जारी नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा पुगेको छ । विहिबार भएको खेलमा स्म्यासर्सलाई ३-१ को सेटमा पराजित गर्दै अन्नपूर्ण फाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा भएको खेलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३-१ को सेटमा पराजित गरेको थियो ।
पहिलो सेटमा २१-२५ ले पछि परेको अन्नपूर्णले बाँकी सेटमा २५-२३, २५-१४ र २५-२० ले विजयी भएको थियो ।
६ टिम सहभागी लिगमा अन्नपूर्णको यो लगातार चौथो जित हो । पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवरजासँग ३-१ ले पराजित भएको थियो । अन्नपूर्णले दोश्रो खेलमा काठमाडौं रेड्सलाई ३-०, तेश्रोमा मधेश वारियर्सलाई ३-१ र खप्तड फाल्कन्सलाई ३-० ले हराएको थियो । सगरमाथा लगातार तेश्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।
जारी प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।
नेपाल भलिबल लिगविजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलो पटक भएको हो । फाइनल भदौ २७ गते हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology