Logo

२०८३, आश्विन ९गते


images
images

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

images
  • आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
    images
    images

    काठमाडौँ । संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आज बस्दैछन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउसो १: १५ बजेका लागि बोलाइएको छ ।

    images
    images
    images

    प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तथा भुक्तानी तथा फस्र्यौटसम्बन्धी संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै कर्मचारी सञ्चय कोषसम्बन्धी संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस हुनेछ ।

    images
    images
    images

    त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । त्यसैगरी प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनप्रति शोक प्रस्ताव पनि प्रस्तुत गरिने कार्यसूची छ ।

    images
    images
    images

    त्यसैगरी, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगका आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

    त्यसैगरी, प्रधानमन्त्री शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।