Logo

२०८३, आश्विन १०गते


images
images

नेपाल एयरलाइन्समा बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीको हवाई ढुवानी शुल्क छुट

नेपाल एयरलाइन्समा बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीको हवाई ढुवानी शुल्क छुट

images
  • नेपाल एयरलाइन्समा बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीको हवाई ढुवानी शुल्क छुट
    images
    images

    काठमाडौं  । नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय गरेको छ ।

    images
    images
    images

    निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्राष्ट्रिय स्टेसनबाट बाढीपीडितका लागि पठाइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण ढुवानी शुल्क एक महिनाका लागि पूर्ण रूपमा छुट गर्ने जनाएको छ ।

    images
    images
    images

    निगमका अनुसार सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका आधारमा बाढीपीडितका लागि पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य आवश्यक राहत सामग्री ढुवानी गर्दा शुल्क छुट दिइनेछ ।

    images
    images
    images

    विपद्को समयमा मानवीय सहयोगलाई सहज र प्रभावकारी बनाउन गरिएको यस निर्णयले विभिन्न मुलुक तथा संघसंस्थाबाट नेपाल पठाइने राहत सामग्री प्रभावित समुदायसम्म छिटो पुर्‍याउन सहयोग पुग्ने निगमले विश्वास व्यक्त गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल वायुसेवा निगम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।