Logo

२०८३, आश्विन ९गते


images
images

एसीसी प्रिमियर कप

नेपाललाई हराउदै हङकङ चाइना एसीसी प्रिमियर कपको सेमिफाइनलमा

नेपाललाई हराउदै हङकङ चाइना एसीसी प्रिमियर कपको सेमिफाइनलमा

images
  • नेपाललाई हराउदै हङकङ चाइना एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    images
    images

    काठमाडौं । हङकङ चाइनाले जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा नेपाललाई पराजित गरेको छ । मलेसियामा जारी खेलमा हङकङ चाइनाले नेपाललाई १५ रनले पराजित गरेको हो ।

    images
    images
    images

    हङकङ चाइनाले दिएको २६२ रनको लक्ष्य पछाएको नेपालले ४९.१ ओभरमा अल आउट हुदै मात्र  २४६ रन बनायो । नेपालका लागि इशान पाण्डेले सर्बाधिक ९० रन बनाए भने आसिफ सेखले ४४ रन जोड्न सफल भए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २५, गुलशन झाले २० र करण केसीले २१ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै हङकङ चाइनाका बलर एजाज खानले ४ विकेट लिएका थिए भने यसिम मुर्तजाले २ विकेट लिएका थिए ।   

    images
    images
    images

    यसअघि हङकङ चाइनाले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाउदै २६१ रन बनाएको थियो । हङकङ चाइनाका लागि बाबर ह्यातले शतकीय पारी खेलेका थिए । उनले अविजित रहदै ११७ रन बनाएका थिए । त्यस्तै शहिद वासिफले ४५ रन बनाए भने एहसान खानले अविजित ३५ रन बनाएका थिए । त्यसैगरि नेपाली बलर सन्दीप लामिछानेले ४ र शेर मल्लले ३ विकेट लिएका थिए । 

    यो जितपछि हङकङ चाइना समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ भने नेपाल समुह विजेता हुदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

    अब नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने छ भने हङकङ चाइना भने युएईसँग खेल्ने छ । सेमिफाइनलका खेल विहिबार हुने छन् । एसीसी प्रिमियर कपको फाइनल खेल आगामी शनिबार हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।