Logo

२०८३, आश्विन ९गते


images
images

गगन थापाको प्रधानमन्त्री शाहलाई विज्ञको सुझाव लिएर राष्ट्रसंघमा प्रमाणसहित कुरा राख्न आग्रह

गगन थापाको प्रधानमन्त्री शाहलाई विज्ञको सुझाव लिएर राष्ट्रसंघमा प्रमाणसहित कुरा राख्न आग्रह

images
  • गगन थापाको प्रधानमन्त्री शाहलाई विज्ञको सुझाव लिएर राष्ट्रसंघमा प्रमाणसहित कुरा राख्न आग्रह
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई तयारी गरेर प्रमाणसहित राष्ट्रसंघमा नेपालका कुरा राख्न सुझाव दिएका छन् । 

    images
    images
    images

    नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले तयारी गरेर प्रमाणसहित जलवायु न्यायका कुरा राष्ट्रसंघको महासभामा राख्न आग्रह गरेका छन् । 

    images
    images
    images

    सभापति थापाले विगतका सरकारले जलवायु परिवर्तन बारे गरेका निर्णय, अन्तर्राष्ट्रिय मन्चमा राखेका विगतका सरकारले उठाएका विषय, नेपाल र विदेशमा रहेका विषय विज्ञको सुझाव सबै टेबुलमा राखेर छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । 

    images
    images
    images

    उनले भनेका छन्- 'भोटेकोशी बाढीको सन्दर्भमा एकदम तथ्य र प्रमाणका साथ जानुपर्छ । हामीले लबी गर्नु पर्ने छ । लबी गर्दै गर्दा संस्थाहरुलाई कम्जोर ठान्नु हुदैन । प्रधानमन्त्री राष्ट्रसंघको महासभामा जादै हुनुहुन्छ, यस्तो पनि नसोचियोसकी यो भन्दा पहिला कुनै प्रधानमन्त्री महासभामा जानुभएको छ । यो भन्दा पनि महासभामा गएर  हिमालदेखि महासागरसम्मको भाषण गरेको याद छ । यो भन्दा अगाडीका प्रधानमन्त्रीहरुले कोप २६ र कोप २८ मा हिमाली क्षेत्रमा परेको संकटको बारेमा कुरा राख्नुभएको छ । अहिले नेपालीहरु विश्वभर यस क्षेत्रमा काम गरिरहेका छन् । म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु । तपाइँ जानु भन्दा पहिला नेपाल भित्र यो भन्दा पहिलाका सरकारहरुले के गरेका थिए भने कुरा एक पटक पल्टाएर हेर्नुस् । नेपालका संस्थाहरुले राम्रा कुराहरु, नेपालका संस्थाहरु कुन कुन छन्, विश्वविद्यालयहरु छन्,  अन्तर्राष्ट्रिय संस्था छन्, ति संस्थाहरुको अध्ययन टेबुलमा ल्याउनुस । विज्ञहरु हुनुहुन्छ, केवल सचिवालयका सदस्यहरुको भर नपर्नुस । महासभालाई प्रभावित पार्न सक्ने नेपालीहरु अमेरिकामै बस्छन् । उनीहरु प्रधानमन्त्रीको एक कलमा नेपाल आएर सहयोग गर्छन् । प्रधानमन्त्री जानुभन्दा पहिला यी दुई तीनवटा बैठकबाट नेपालको प्रस्तुतिलाई गजबको बनाउन सकिने ठाउ छ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।