Logo

२०८३, कार्तिक २६गते


images
images

एनभीएल

काठमाडौँ रेड्सको रोमाञ्चक जित, मधेश वारियर्स ३–२ ले पराजित

काठमाडौँ रेड्सको रोमाञ्चक जित, मधेश वारियर्स ३–२ ले पराजित

images
  • काठमाडौँ रेड्सको रोमाञ्चक जित, मधेश वारियर्स ३–२ ले पराजित
    images

    काठमाडौँ । जारी नेपाल भलिबल लिग (एनभीएल) मा काठमाडौँ रेड्सले मधेश वारियर्सलाई ३-२ को सेटमा पराजित गरेको छ । 

    images
    images
    images

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा काठमाडौँले पहिलो सेट २०-२५ ले गुमाए पनि दोस्रो सेट २६-२४, तेस्रो २५-१७ ले जितेको थियो। चौथो सेट मधेशले २५-२२ ले जितेपछि निर्णायक पाँचौँ सेटमा काठमाडौँ १६-१४ ले विजयी भएको थियो ।

    images
    images
    images

    आजै हुने दोस्रो खेलमा सगरमाथा स्मासर्स र खप्तड फाल्कन्सबीच साँझ ७ बजे प्रतिस्पर्धा हुनेछ।

    images
    images

    केडिया समूहको आयोजनामा भइरहेको लिगमा ६ टोली सहभागी छन्। नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको यस फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछ।

    भदौ २७ गतेसम्म सञ्चालन हुने लिगमा सबै टोलीले एकअर्काविरुद्ध एक खेल खेल्नेछन्। लिग चरणमा पहिलो हुने टोली सिधै फाइनल पुग्दा दोस्रो र तेस्रो स्थानका टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।