Logo

२०८३, आश्विन ९गते


images
images

प्रविधि

ओपनएआईले ल्यायो जीपीटी–६ एस्ट्रा, कस्ता छन् विशेषता ?

ओपनएआईले ल्यायो जीपीटी–६ एस्ट्रा, कस्ता छन् विशेषता ?

images
  • ओपनएआईले ल्यायो जीपीटी–६ एस्ट्रा, कस्ता छन् विशेषता ?
    images
    images

    काठमाडौं । ओपनएआईले सार्वजनिक गरेको जीपीटी-६ एस्ट्रालाई सामान्य प्रश्नोत्तर गर्ने प्रणालीभन्दा अगाडि बढेर स्वचालित रूपमा विभिन्न काम गर्न सक्ने कृत्रिम बौद्धिक प्रणालीका रूपमा प्रस्तुत गरिएको छ ।

    images
    images
    images

    उपलब्ध विवरणअनुसार कोड लेखन, गणित, वैज्ञानिक तर्क, कम्प्युटर सञ्चालन र साइबर सुरक्षासम्बन्धी परीक्षणमा एस्ट्राले बलियो प्रदर्शन गरेको छ। कम्प्युटर सञ्चालनसम्बन्धी परीक्षणमा यसले ५९.३ प्रतिशत र ओएस वर्ल्डमा ७२.६ प्रतिशत अंक प्राप्त गरेको छ । गणितको कठिन परीक्षणमा एस्ट्राले ९७.६ प्रतिशत अंक पाएको छ भने क्लाउडले ८७.८ प्रतिशत अंक प्राप्त गरेको उल्लेख छ । वैज्ञानिक तर्क परीक्षणमा पनि एस्ट्राले ९६ प्रतिशत अंक हासिल गरेको छ ।

    images
    images
    images

    एस्ट्राको विशेषता सामान्य प्रश्नको उत्तर दिनुमा मात्र सीमित नरहेको बताइएको छ । यसले इन्टरनेटमा खोजी गर्ने, सफ्टवेयर चलाउने, तथ्यांकपत्र र प्रस्तुति सम्पादन गर्ने, कोड लेख्ने, अनुप्रयोगका समस्या समाधान गर्ने तथा वैज्ञानिक तथ्यांक विश्लेषण गर्ने काम गर्न सक्ने गरी तयार पारिएको छ ।

    images
    images
    images

    यसको प्रतिस्पर्धामा एन्थ्रोपिकको क्लाउड र गुगलको जेमिनी रहेका छन् । क्लाउडलाई विशेषगरी कोड लेखन, लामो दस्तावेज र प्राविधिक लेखनका लागि उपयोगी मानिएको छ । जेमिनीको मुख्य बल भने गुगलका विभिन्न सेवासँगको एकीकरण हो ।

    उपलब्ध विवरणअनुसार जटिल प्राविधिक काम, उन्नत तर्क, कोड लेखन र स्वचालित कामका लागि एस्ट्रा बलियो विकल्प देखिएको छ । लामो दस्तावेज तथा प्राविधिक लेखनका लागि क्लाउड र गुगलका सेवा प्रयोग गर्नेहरूका लागि जेमिनी उपयोगी विकल्प हुन सक्ने बताइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एआई
  • # ओपनएआई
  • # जीपीटी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।