Logo

२०८३, आश्विन १०गते


images
images

पाल्पामा रणउजीरेश्वरी भगवती रथ जात्रा मनाइदै

पाल्पामा रणउजीरेश्वरी भगवती रथ जात्रा मनाइदै

images
  • पाल्पामा रणउजीरेश्वरी भगवती रथ जात्रा मनाइदै
    images
    images

    लुम्बिनी । आज पाल्पामा रणउजीरेश्वरी भगवती रथ जात्रा मनाइदैछ । बुटवलको जीतगढीमा वि.सं. १८७१–७२ मा नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको युद्धमा नेपाली सेनाले विजयी हासिल गरेको स्मरणमा प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन जात्रा मनाइने चलन रहेको छ ।

    images
    images
    images

    कर्णेल उजिरसिंह थापाको नेतृत्वमा प्राप्त ऐतिहासिक विजयको स्मरणमा महिषासुरमर्दिनी भगवतीको मन्दिर निर्माण गरी रथ जात्रा निकाल्ने परम्परा सुरु भएको इतिहासकारहरु बताउँछन् । युद्ध अगावै तत्कालिन शासक थापाले युद्ध जीते मन्दिर निर्माण गरेर रथ यात्रा गर्ने भाकल गरे अनुसार विजय भए पश्चात उनकै निर्देशनमा जात्रा मनाउन थालिएको हो ।

    images
    images
    images

    रथ जात्रामा पाल्पाका साथै रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, पोखरा, स्याङ्जा, तनहुँमा बसोबास गर्ने पाल्पालीहरु र छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची, प्युठानबाट पनि भक्तजनहरु सहभागी हुने गरेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।