काठमाडौं । काठमाडौं महानगरका मेयर बालेद्र साहले आफ्नो चुनावी खर्च सार्वजनिक सार्वजनिक गरेका छन् । खर्च विवरण सामाजिक संजालमा पोस्ट गर्दै उनले केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने विवरण विभिन्न कारणहरुले ढिलो भएकोमा माफी समेत मागेका छन् ।
उनले सार्वजनिक गरे अनुसार उनको चुनावी अभियानमा जम्मा ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको छ । जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढि भएको बालेनले बताएका छन् । मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको नभई उम्मेदवारका लागि महंगो समेत भएकोमा उनले गुनासो गरेका छन् ।
बालेनले साथ र विश्वासका लागि आभार व्यक्त गर्दै अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउँन हरसमय खटिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हेर्नुहोस् बालेनले सार्वजनिक गरेको खर्च विवरण: 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology