देवदह । देवदहस्थित देवदह इङ्लिस बोर्डिङ हाइस्कुलका विद्यार्थी, शिक्षक तथा कर्मचारीले भोटेकोशी बाढीबाट प्रभावितका लागि १ लाख ४१ हजार ९ सय ५० रुपैयाँ सहयोग गरेका छन् ।
विद्यालयमा अध्ययनरत प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीबाट १६ हजार ८ सय ३० रुपैयाँ संकलन भएको छ । त्यस्तै, विद्यालयका शिक्षक तथा कर्मचारीले तहगत रूपमा एक, दुई, तीन र चार दिनको तलब बराबर हुने गरी १ लाख २५ हजार १ सय २० रुपैयाँ सहयोग गरेका छन् ।
विद्यार्थी, शिक्षक तथा कर्मचारीबाट संकलित कुल १ लाख ४१ हजार ९ सय ५० रुपैयाँ भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि सहयोग गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल विष्णु प्रसाद पौडेलले जानकारी दिए ।
विपद्का कारण प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले विद्यालय परिवारले सहयोग संकलन गरेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology