विनोद मण्डल, सिराहा । सिराहाको धनगढीमाई नगरपालिकाको शिक्षा शाखामा नगरभित्रका विभिन्न सरकारी विद्यालयमा कार्यरत बालविकास शिक्षिका, विद्यालय कार्यालय सहयोगी (कास) र लेखापालको संयुक्त टोलीले नैनपुर तालाबन्दी गरेको छ । आइतबार बिहान ११ बजे कार्यालय पुगेर उनीहरूले अनिक्षितकालका लागि तालाबन्दी गरेका हुन् ।
सरकारले वृद्धि गरेको तलब स्थानीय निकायले दिनुपर्ने मूख्य माग राख्दै रिले अनसनमा बस्दै आएका उनीहरू आफ्नो माग सम्बोधन गर्न दबाब दिन शिक्षा शाखामा तालाबन्दी गरेका हुन् ।
वृद्धि भएको तलबको लागि नगरपालिकालाई पटक पटक लिखित मौखिक माग गर्दा पनि हालसम्म कुनै सुनुवाई नभएपछि आन्दोलित हुनुपरेको शिक्षिकाहरुले बताएका छन् । माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology