Logo

२०८३, आश्विन १०गते


images
images

बाढी प्रभावित पत्रकार र सञ्चारमाध्यमलाई लुम्बिनी प्रेस क्लबको १ लाख सहयोग

बाढी प्रभावित पत्रकार र सञ्चारमाध्यमलाई लुम्बिनी प्रेस क्लबको १ लाख सहयोग

images
  • बाढी प्रभावित पत्रकार र सञ्चारमाध्यमलाई लुम्बिनी प्रेस क्लबको १ लाख सहयोग
    images
    images

    रुपन्देही । रसुवा, नुवाकोट र गोरखामा आएको बाढी तथा पहिरोबाट प्रभावित पत्रकार र सञ्चारमाध्यमको लागि लुम्बिनी प्रेस क्लबले १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    क्लबको आकस्मिक बैठकले बाढीका कारण सम्पर्कविहीन भएका पत्रकारको खोज तथा उद्धारसँगै प्रभावित पत्रकार, सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

    images
    images
    images

    क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालका अनुसार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय र प्रेस काउन्सिल नेपालसँग समन्वय गरी उक्त रकम उपलब्ध गराइनेछ । बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन पत्रकारको तत्काल खोज तथा उद्धारलाई प्राथमिकता दिन क्लबले सरकारसँग आग्रहसमेत गरेको छ ।

    images
    images
    images

    क्लबका अध्यक्ष कमल रायमाझीले विपद्का कारण सञ्चारकर्मी र सञ्चारमाध्यमसमेत प्रभावित भएकाले उनीहरूको सुरक्षा र उद्धारलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए ।

    उनले प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप तीव्र बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरिएको जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रेस क्लब
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।