देवदह । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि रुपन्देहीको देवदहबाट करिब ५ लाख ६० हजार रुपैयाँ बराबरको राहत सामग्री पठाइएको छ ।
बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले स्थानीय युवाहरूको पहलमा संकलन गरिएको राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइएको स्थानीय संचारकर्मी नविन लुइटेलले बताए ।
राहत सामग्रीमा १२ क्विन्टल चामल, ७० कार्टुन पानी, ३० थान त्रिपाल, ४० बोरा कपडा, ३ बोरा भुजा, ३ बोरा चिउरा, २ बक्स मेडिकल सामग्री, २० थान म्याट, ६५ कार्टुन चाउचाउ, २० प्याकेट दालमोट, २ बोरा नुन, १ बोरा दाल, २ थान फाइबर सिरक, २ पिस कम्बल, २ कार्टुन बिस्कुट, २ प्याकेट पिरो कुरमुरे तथा एक परिवारलाई आवश्यक पर्ने डेक्ची, प्लेट, चम्चालगायतका किचन सामग्री रहेका जनाइएको छ ।
राहत सामग्री लिएर प्रभावित क्षेत्रतर्फ जाने स्थानीय युवाहरूमा संचारकर्मी लुइटेलसहित रोहित वाग्ले, महेश्वर भण्डारी, क्षितिज अर्याल र अंकित खनाल रहेका छन ।
टोली एक हप्तासम्म प्रभावित क्षेत्रमा बस्ने र मेस संचालनमा सहयोग गर्ने बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology