Logo

२०८३, आश्विन १०गते


images
images

त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो: आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो

त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो: आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो

images
  • त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो: आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
    images
    images

    काठमाडौँ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका प्राविधिक प्रणय मगरले उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आवश्यक उपकरण तत्काल उपलब्ध गराउन आग्रह गरेका छन् ।

    images
    images
    images

    मगरले सामाजिक सञ्जालमार्फत प्राविधिकको सुझावअनुसार उद्धारको काम अघि बढाउन आग्रह गरेका हुन् । उनले प्राविधिक आवश्यक पर्ने हो भने प्राविधिकले दिएको सुझावअनुसार काम गर्नुपर्ने र त्यसअनुसार काम गर्न नसक्ने भए प्राविधिकलाई नै नबोलाउन आग्रह गरेका छन् ।

    images
    images
    images

    उद्धार कार्य सुरु भएको छ दिन बितिसक्दा पनि सुरुङभित्र प्रवेश गर्न आवश्यक मार्ग बनाउन नसकिएको उनले बताएका छन्। उनका अनुसार पहिलो दिनदेखि नै तीन–चारवटा डोजर र एउटा भत्काउने यन्त्र उपलब्ध भएको भए अहिलेसम्म उद्धार कार्य सम्पन्न भइसक्ने अवस्था थियो ।

    images
    images
    images

    उनले तीनवटा डोजर दिनरात सञ्चालन भइरहेको समाचार आए पनि स्थलगत रूपमा भने एउटा मात्र डोजर सञ्चालनमा रहेको दाबी गरेका छन् ।

    मगरले उद्धारमा ढिलाइ नगर्न सरकारसँग आग्रह गर्दै आवश्यक सबै उपकरण तत्काल घटनास्थलमा उपलब्ध गराएर उद्धार कार्यलाई सहजीकरण गर्न अनुरोध गरेका छन्। साथै, जतिसक्दो छिटो उद्धार कार्य सम्पन्न गरी घरमा आफन्तको पर्खाइमा रहेका परिवारलाई ढुक्क बनाइदिन सरकारसँग आग्रह गरेका छन् ।

    साथै आफ्नो पोष्टमा आएको प्रतिक्रियाप्रति उनले लेखेका छन् 

    हिजो मैले गरेको पोस्टमा आएका सबैको प्रतिक्रिया हेर्दा दुःख लाग्यो। मैले फेक समाचार लेख्ने सामाजिक सञ्जाल र वास्तविक फिल्डको अवस्थाबारे मात्र गुनासो गरेको हुँ, कुनै पार्टी, दल, व्यक्ति तथा सरकारप्रति होइन। यो कुरा सबैले बुझ्न जरुरी छ र बुझ्न पनि पर्छ ।

    हामी सबै जनता सामाजिक सञ्जालमा आएका समाचारमा आशा र भरोसा राखेका हुन्छौँ। मेरो एउटै मात्र गुनासो भनेको साँचो र वास्तविक समाचार मात्र लेखिदिनुहोस् भन्न खोजेको हो। फिल्डमा काम भइरहेको हुन्छ तर सामाजिक सञ्जालमा काम सकिसकेको समाचार आइदिन्छ। यस्तो गलत समाचार फैलाउने प्रवृत्तिलाई रोक्न जरुरी छ।

    एउटा–एउटा समाचारको महत्व धेरै नै हुन्छ। त्यसैले गलत समाचारले कतै सबैलाई निराश नबनाओस् भन्ने मेरो भनाइ हो। हो, त्यो ठाउँमा काम गर्न धेरै नै गाह्रो छ। सक्दो प्रयास भइरहेको छ। काम नभएको होइन, काम भइरहेको छ। तर त्यो कामलाई अझै छिटो गर्न सकिन्छ भने त्यसका लागि आवश्यक व्यवस्था मिलाइदिन साइटमै खटिनुभएका माननीयज्यूहरूसँग मेरो अनुरोध मात्र हो।

    मजस्तै कयौँ प्राविधिक र मजस्तै कयौँ परिवारको आशालाई मर्न नदिऔँ भन्ने मात्र मेरो उद्देश्य हो। सुरुङभित्र रहेका सबै मानिसको सकुशल उद्धार होस् भन्ने मेरो चाहना हो।

    मेरो एउटै बिन्ती छ—काम भइरहेको समाचार लेखिदिनुहोस्, तर जे भएको छ, जति भएको छ, त्यति नै लेखिदिनुहोस्।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।