Logo

२०८३, आश्विन ९गते


images
images

प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

images
  • प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा
    images
    images

    काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साँझ सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार प्रधानमन्त्री राहत कोषका लागि सोमबार दिउँसोसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको जानकारी दिएका हुन् ।

    images
    images
    images

    त्यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकका खातामा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ । नेपाल राष्ट्र बैंकको सोमबारको विनिमय दरअनुसार उक्त रकम करिब ४८ करोड ६३ लाख ६२ हजार ८० रुपैयाँबराबर हुन्छ।

    images
    images
    images

    नेपाली रुपैयाँ र अमेरिकी डलरमा प्राप्त रकम जोड्दा राहत कोषमा कुल ६ अर्ब ३६ करोड ५५ लाख ८५ हजार रुपैयाँभन्दा बढी जम्मा भएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।