Logo

२०८३, आश्विन ९गते


images
images

एसीसी प्रिमियर कप

एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात

एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात

images
  • एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात
    images
    images

    काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । सोमबार सम्पन्न बहराइनविरुद्धको खेल ७ विकेटले जितेर नेपालले प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

    images
    images
    images

    बहराइनले नेपाललाई दिएको ८८ रनको लक्ष्य पछाएको नेपालले २१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

    images
    images
    images

    नेपालका लागि अर्जुन कुमालले अविजित ३६ रन बनाएका थिए भने रोहित पौडेलले अविजित १९ रन बनाए । त्यस्तै आसिफ सेखले १८, देव खनालले १० रन बनाएका थिए ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बहराइनले ३६.२ ओभरमा अल आउट हुदै ८७ रन मात्र बनाएको थियो । बहराइनका लागि फियाज अहमदले १५ रन बनाए भने मुहमद वासिमले १३  र अलि दाउदले १० रन बनाएका थिए ।

    त्यसैगरी नेपालका बलर सन्दीप लामिछानेले ५ विकेट लिए भने ललित राजबंशीले ३ विकेट लिएका थिए । त्यस्तै करण केसीले २ दुई विकेट लिएका थिए ।

    नेपालले अब अर्को खेल सेप्टेम्बर ३ मा मलेसियासँग, तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग, चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ । यस प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसीसी प्रिमियर कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।