Logo

२०८३, भाद्र १५गते


images
images

नेपालले टस जित्यो, बहराइनले पहिला ब्याटिंग गर्दै

नेपालले टस जित्यो, बहराइनले पहिला ब्याटिंग गर्दै

images
  • नेपालले टस जित्यो, बहराइनले पहिला ब्याटिंग गर्दै
    images
    images

    काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज बहराइनको सामना गर्दैछ । यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै बहराइनले यस खेलमा पहिला ब्याटिंग गर्ने भएको छ । 

    images
    images
    images

    प्रतियोगिताको पहिलो दिन काठमाडौं ओमान र हङकङले विजयी सुरुआत गरेका छन् । समूह बी को खेलमा ओमानले सिंगापुरलाई र समुह ए को खेलमा हङकङले साउदी अरेबियालाई पराजित गरेको हो । 

    images
    images
    images

    नेपाल समुह ए मा हङकङ, साउदी अरेबिया, बहराइन र आयोजक मलेसियासँग रहेको छ । यस प्रतियोगितामा नेपालले पहिलो खेल आज बहराइनसँग खेल्दैछ भने दोस्रो खेल सेप्टेम्बर ३ मा मलेसियासँग, तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग, चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ । यस प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ। 

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टिम पठाएको छ । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसीसी प्रिमियर कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।