Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा रक्तदान, १२९ पिन्ट रगत संकलन

देवदहमा रक्तदान, १२९ पिन्ट रगत संकलन

images
  • देवदहमा रक्तदान, १२९ पिन्ट रगत संकलन
    images
    images

    देवदह । भोटेकोशी बाढीको विपत्तिका कारण हुनसक्ने रक्त अभावलाई ध्यानमा राख्दै देवदहमा आयोजना गरिएको रक्तदान कार्यक्रमबाट १२९ पिन्ट रगत संकलन भएको छ । खैरेनी चोकमा संचालित कार्यक्रममा पहिलोपटक रक्तदान गर्ने ३३ जनासहित १२९ जनाले रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज देवदहका अध्यक्ष पवन पौडेलले जानकारी दिए ।

    images
    images
    images

    भोटेकोशी बाढीका कारण उत्पन्न हुन सक्ने विपत्ति तथा त्यसपछिको सम्भावित रक्त अभावलाई मध्यनजर गर्दै आकस्मिक रूपमा रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष पौडेलले बताए ।

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, पूर्व नगर प्रमुख हिरा बहादुर खत्री, नेपाल स्वयंसेवी रक्तदाता समाजका जिल्ला अध्यक्ष कृष्णबहादुर चौहानसहित स्थानीयस्तरमा क्रियाशील संघसंस्था र राजनीतिक दलका नेताका कार्यकर्ताहरूको समेत उल्लेख्य सहभागीता रहेको थियो  ।

    images
    images
    images

    देवदहमा क्रियाशील सम्पूर्ण संघसंस्थाको आयोजना रहेको कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज, देवदहले संयोजन गरेको थियो । जसमा  रक्तसंचार सेवा केन्द्र भैरहवा र नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाको प्राविधिक सहयोग रहेको जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।