Logo

२०८३, भाद्र १५गते


images
images

स्विट्जरल्यान्डमा सांगीतिक कार्यक्रममा गोली चल्दा एक जनाको मृत्यु, पाँच घाइते

स्विट्जरल्यान्डमा सांगीतिक कार्यक्रममा गोली चल्दा एक जनाको मृत्यु, पाँच घाइते

images
  • स्विट्जरल्यान्डमा सांगीतिक कार्यक्रममा गोली चल्दा एक जनाको मृत्यु, पाँच घाइते
    images
    images

    काठमाडौँ । स्विट्जरल्यान्डको उत्तरी आरगाउ राज्यमा आयोजित एक सांगीतिक कार्यक्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको स्थानीय प्रहरी र सञ्चारमाध्यमले जनाएका छन् ।

    images
    images
    images

    राज्य प्रहरीका अनुसार राजधानी आराउमा आयोजित कार्यक्रममा गोली चलेको थियो । घटनापछि प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी खोजी अभियान थालेको छ ।

    images
    images
    images

    प्रहरीले गोली चलाउनुको कारण र घटनाको वास्तविक परिस्थिति अझै स्पष्ट नभएको जनाएको छ । घटनामा संलग्न भएको आशंका गरिएको अज्ञात आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । गोलीकाण्ड आराउको शाकेन क्षेत्रमा रहेको घोडा दौड मैदाननजिक भएको हो । घटनापछि घोडा दौड मैदान, पौडी पोखरी र खेलमैदान आसपासको क्षेत्रलाई प्रहरीले नियन्त्रणमा लिएर स्थानीय बासिन्दालाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सांगीतिक कार्यक्रम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।