Logo

२०८३, आश्विन ९गते


images
images

भोटेकोशीको जस्तो बाढी अहिलेसम्म देखिएको थिएन, यो साझा पीडा हो: ओली

भोटेकोशीको जस्तो बाढी अहिलेसम्म देखिएको थिएन, यो साझा पीडा हो: ओली

images
  • भोटेकोशीको जस्तो बाढी अहिलेसम्म देखिएको थिएन, यो साझा पीडा हो: ओली
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी नदीमा आएको बाढी भएको क्षति राष्ट्रिय शोक र पीडाको विषय भएको बताएका छन् ।

    images
    images
    images

    आइतबार पार्टीको कार्यक्रममा बोल्दै ओलीले भोटेकोशीमा आएको बाढी असाधारण, भयावह र विनाशकारी रहेको बताउदै यस्तो अवस्थामा कसैले पनि राजनीतीकरण गर्न नहुने बताएका हुन् ।

    images
    images
    images

    ओलीले भने- ‘यो साझा पीडा हो, साझा शोकको बेला हो। यस पीडाको समाधान गर्नु पनि साझा दायित्व हो ।'

    images
    images
    images

    ओलीले मानवीय क्षति अपूरणीय हुने भन्दै धनसम्पत्तिको क्षति समयसँगै पुनः निर्माण गर्न सकिए पनि जीवनको क्षति अत्यन्त पीडादायी हुने बताए । बाढीले मानिसलाई ज्यान जोगाउने अवसरसमेत नदिई बगाएको यस्तो स्तरको क्षति यसअघि त्रिशूली नदीमा समेत नदेखिएको उल्लेख गरेका थिए ।

    उनले विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सबै पक्षले साझा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए ।

    ओलीले बाढी पछिको राहतमा पार्टी सचिव महेश बस्नेतको नेतृत्वमा पार्टीका नेता कार्यकर्ता खटिने बताउदै अबका दिन अझ चुनौतिपूर्ण हुने धारणा राखेका थिए । उनले बागमती प्रदेशको विषय भएको र भूगोल समेत चिनेको व्यक्ति भएकाले बस्नेतको नेतृत्वमा पार्टी राहत र उद्धारमा खटिने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।