Logo

२०८३, आश्विन १०गते


images
images

टेलिकमको बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

टेलिकमको बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

images
  • टेलिकमको बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर
    images
    images

    काठमाडौँ । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा थप समयका लागि निरन्तरता दिने भएको छ ।

    images
    images
    images

    यसअघि भदौ १४ गतेसम्मका लागि उपलब्ध गराइएको निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस सुविधा अब अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ ।

    images
    images
    images

    कम्पनीले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकताअनुसार निःशुल्क सेवाको उपयोग गर्न आग्रह गरेको छ । बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत–सम्भार गर्न प्राविधिक टोली निरन्तर परिचालन भइरहेको कम्पनीले जनाएको छ । अधिकांश संरचना सञ्चालनमा आइसकेको र बाँकी संरचना पनि सञ्चालनमा ल्याउने काम भइरहेको जनाइएको छ ।

    images
    images
    images

    विपद्को यस अवस्थामा नेपाल टेलिकमको सेवा प्रयोगमार्फत सेवाग्राहीलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।