Logo

२०८३, आश्विन १०गते


images
images

सडकको ट्र्याक खन्दा भेटिएका एक कसौँडी चाँदीका सिक्का लुकाउने डोजर चालक प्रहरी नियन्त्रणमा

सडकको ट्र्याक खन्दा भेटिएका एक कसौँडी चाँदीका सिक्का लुकाउने डोजर चालक प्रहरी नियन्त्रणमा

images
  • सडकको ट्र्याक खन्दा भेटिएका एक कसौँडी चाँदीका सिक्का लुकाउने डोजर चालक प्रहरी नियन्त्रणमा
    images
    images

    दाङ । दाङको तुलसीपुरमा सडकको नयाँ ट्र्याक खन्ने क्रममा गाडेको अवस्थामा एक कसौँडी पुराना चाँदीका सिक्का फेला परेको छ ।

    images
    images
    images

    तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिमराटोलको खेत हुँदै आँखा अस्पतालसम्मको नयाँ ट्र्याक खोल्ने क्रममा डोजरका चालकले गएको बुधवार गाडेको अवस्थामा एक कसौँडी प्राचीन सिक्का फेला पारेका हुन् ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले ५ सय ३७ वटा सिक्का फेला परेको  जानकारी दिएका छन् । 

    images
    images
    images

    उनकाअनुसार ७६ वटा भारतीय सिक्का छन् भने ४ सय ६१ वटा सिक्कामा श्री ३ लेखिएको छ । 

    फेला परेका सबै प्राचीन मुद्राहरु डोजरका चालक सुवासचन्द्र चौधरीले आफ्नो घरमा लागेर राखेको र अर्का चालक राजन खड्काले भागबन्डा नमिले पछि त्यो कुरा जग्गा धनी शोभा भण्डारीलाई भनेपछि गाडेको धन फेला परेको कुरा सार्वजनिक भएको हो ।

    प्रहरी निरीक्षक शाहीका अनुसार चौधरीले ती सिक्काहरु घरमा लगेर धातुको कसौँडीकाे भाँडोबाट निकालेर छुट्टै एउटा पोलेथिनमा राखेको अवस्थामा फेला परेको हो । 

    यी सबै सिक्काहरु झन्डै साढे दुई सय वर्ष पहिलेका हुन्। 

    डोजर चालक चौधरीलाई प्रहरीले थुनामा राखेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।