बुटवल । हेल्पर केयरिङ सर्कल क्लबको आयोजनामा नेतृत्व क्षमता विकास सम्बन्धि तालिम सम्पन्न भएको छ । क्लबले शुक्रवार बुटवल माध्यमिक विद्यालयमा नेतृत्व क्षमता विकास कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागी उत्कृष्ट विद्यार्थीहरुलाइ प्रशिक्षक सुशील बस्याल तथा कलबका अध्यक्षद्वारा मायाको चिनो समेत प्रदान गरिएको थियो । साथै आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम निरंतरता दिने कलबका अध्यक्षले प्रतिवद्धता जनाए । 
कलबका अध्यक्ष बिश्वास घिमिरेको सभापतित्वमा र बुटवल मा.वि का प्रधानाध्यापक होमबहादुर रायमाझीको प्रमुख आथित्यता र श्रीधर बस्यालको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा कलबकी उपाध्यक्ष इशा अर्याल, प्रशिक्षक सुशील बस्याल, गायक /गायिका क्रमशः भुवन खड्का, विनोद विश्वोकर्मा, श्रेया सुवेदी, सल्लाहकार नवीन नेपाल सदस्य सम्भब शर्मा, अर्जुन बन्जाडे, बिष्णु प्रसाद भुसाल र कार्यक्रममा कक्षा ८,९ र १० का विद्यार्थीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम कलबकी सचिव विपना खत्री पुरीको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology