Logo

२०८३, आश्विन १०गते


images
images

'हनी ट्र्याप'मा पारी रकम असुली गर्ने नक्कली पत्रकारसहित ६ जना पक्राउ

'हनी ट्र्याप'मा पारी रकम असुली गर्ने नक्कली पत्रकारसहित ६ जना पक्राउ

images
  • 'हनी ट्र्याप'मा पारी रकम असुली गर्ने नक्कली पत्रकारसहित ६ जना पक्राउ
    images
    images

    काठमाडौं । काठमाडौं उपत्यकामा हनी ट्र्यापमा पारी रकम असुली गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

    images
    images
    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार ६ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

    images
    images
    images

    उनका अनुसार विभिन्न ठाउँमा आपराधिक लाभ लिन योजनाबद्ध तरिकाले महिलाहरूको समूह नै परिचालन भइरहेको भन्ने खबर प्रहरीले पाएको थियो। 

    images
    images
    images

    invotech
    सामाजिक सञ्जालमार्फत् चिनजान गरी सम्पर्क नम्बर आदानप्रदान गरी भेटघाट गर्ने र भेटेपछि झूटा मुद्दा लगाएर फसाई रकम असुली गर्ने गरेको खबर थियो। 

    त्यसअनुसार कार्यालयले अपरेसन 'हनी ट्र्याप' सञ्चालन गर्‍यो। अपरेसन सञ्चालनको क्रममा गिरोहका ६ जनाको संलग्नता देखिएको प्रहरी उपरीक्षक कोइरालाले बताए। 

    पक्राउ पर्नेहरूमध्ये दुई युवती र अन्य पुरूष छन्। 

    nic
    भक्तपुर घर भई काठमाडौंको पेप्सीकोला बस्ने १९ वर्षीया निकिता केसी, खोटाङ घर भई तार्केश्वर बस्ने ३२ वर्षीय डिकबहादुर शर्मा, दोलखा घर भई ललितपुर नखिपोट बस्ने २५ वर्षीय निमा लामा, काभ्रे घर भई कोटेश्वर बस्ने १८ वर्षीया मनिषा परियार, सुनसरी घर भई चक्रपथ बस्ने ३० वर्षीय सन्जिब दर्जी र दोलखा घर भई नख्खिपोट बस्ने ३० वर्षीय पासाङ लामा पक्राउ परेका छन्। 

    यो हनी ट्र्यापिङको मुख्य योजनाकार भने निमा र पासाङ हुन्। उनीहरूकै योजनामा दुई जना युवतीलाई प्रयोग गरी रकम असुली गरिरहेको खुलेको छ। 

    यस आपराधिक क्रियाकलापमा निकिता नक्कली पत्रकार बन्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    उनले आफूलाई पत्रकार भनेर चिनाउने र समाचार लेख्ने बहाना बनाएर मान्छे भेट्ने गर्थिन्। यता डिकबहादुर पनि कहिले समाजसेवी त कहिले वकिल भनेर आफूलाई चिनाउँथे। 

    उनीहरूले विशेषगरी पुरूष व्यक्तिलाई छान्थे। छान्नुअघि त्यस्ता व्यक्तिहरूको व्यक्तिगत विवरण खोजी गर्थे।

    कुनै मानिसबाट रकम असुली गर्नुपरे ती व्यक्तिमाथि सुरूमा निगरानी राख्ने, त्यसपछि उनीहरूको घर, ठेगाना, कार्यालय तथा सवारीसाधनको समेत विवरण पत्ता लगाउने गरेको प्रहरीले जनाएको छ। 

    ती विवरणहरू एउटा डायरीमा लेखेर राख्थे।

    त्यसरी चिनजान गरेर ती दुबै किशोरीले कुनै रेष्टुरेन्टमा बोलाउने गर्थे। रेष्टुरेन्टमा भेटघाट गरेपछि भने आफूहरूमाथि पुरूषले जबरजस्ती गरेको भन्दै हल्लाखल्ला गर्थे।

    'दुई जना केटीहरूले रेष्टुरेन्टमा बोलाउने गर्थे। त्यसपछि त्यहाँ उनीहरूले आफूहरूमाथि जबरजस्ती गर्न खोजेको भन्दै होहल्ला गर्ने गर्थे,' कोइरालाले भने,'त्यसपछि पासाङ, निमा, सञ्जिब लगायतहरू हाम्रा बहिनीहरूलाई के गर्न खोजेको भन्दै धम्क्याउने रहेछन्।'

    त्यसरी ब्ल्याकमेल गरेर मानसिक दबाबमा पारी उनीहरूले रकम असुली गरिरहेको प्रहरीको भनाइ छ। 

    प्रहरीले उनीहरूमाथि अपराधिक लाभ मुद्दामा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाएको छ। 

    यस घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हनी ट्र्याप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।