Logo

२०८३, आश्विन ९गते


images
images

दुई गोलले पछि परेको अल नासरको सनसनीपूर्ण पुनरागमन जित

दुई गोलले पछि परेको अल नासरको सनसनीपूर्ण पुनरागमन जित

images
  • दुई गोलले पछि परेको अल नासरको सनसनीपूर्ण पुनरागमन जित
    images
    images

    काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै अल इतिफाकलाई ३-२ गोलले पराजित गरेको छ । १० खेलाडीमा सीमित भएको अल नासरले दोस्रो हाफमा तीन गोल गर्दै रोमाञ्चक जित निकालेको हो ।

    images
    images
    images

    खेलको १२औँ मिनेटमा अल नासरका गोलरक्षक बेन्तो क्रेप्स्की रातो कार्ड पाएर मैदानबाट बाहिरिए । उनले क्षेत्रबाहिर पुगेर अल इतिफाकका मौसा डेम्बेलेलाई फाउल गरेपछि अल नासर १० खेलाडीमा सीमित भएको थियो ।

    images
    images
    images

    त्यसको फाइदा उठाउँदै अल इतिफाकले ३१औँ मिनेटमा ओन्द्रेज डुडाको गोलबाट अग्रता लियो । लामो दूरीबाट आएको उनको प्रहार नासरका युवा गोलरक्षक अब्दुलरहमान अल ओताइबीको हात हुँदै गोलमा परिणत भएको थियो । पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा अल्भारो मेद्रानले गोल गर्दै इतिफाकको अग्रता २-० बनाएका थिए । 

    images
    images
    images

    दोस्रो हाफमा भने खेल पूर्ण रूपमा बदलियो । अल नासरले मध्यान्तरमा क्रिस्टियानो रोनाल्डोलाई बाहिर निकाल्यो । रोनाल्डो पहिलो हाफमा गोल गर्न सकेनन् र दोस्रो हाफमा मैदानमा फर्किएनन् । ७४औँ मिनेटमा साडियो मानेले नासरका लागि पहिलो गोल गरे । जोआओ फेलिक्सको पासमा साडियो मानेले गोल गर्दै टोलीलाई खेलमा फर्काए । त्यसको तीन मिनेटपछि ७७औँ मिनेटमा अब्दुल्लाह अल अम्रीले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । अल नासरको अविश्वसनीय पुनरागमन भने ९०औँ मिनेटमा पूरा भयो । साडियो मानेले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई ३-२ को अग्रता दिलाए । यस जितसँगै नासरले सिजनको सुरुआती तीनै खेल जित्दै शतप्रतिशत जितको यात्रा कायम राखेको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साउदी प्रो लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।