Logo

२०८३, आश्विन १०गते


images
images

कमल थापाको प्रश्न- बैठक नबसी तीन सांसदलाई पदमुक्त कसरी गरियो ?

कमल थापाको प्रश्न- बैठक नबसी तीन सांसदलाई पदमुक्त कसरी गरियो ?

images
  • कमल थापाको प्रश्न- बैठक नबसी तीन सांसदलाई पदमुक्त कसरी गरियो ?
    images
    images

    काठमाडौँ । राप्रपा नेता कमल थापाले राप्रपाले बागमती प्रदेशका तीन सांसदलाई गरिएको कारवाहीको निर्णयमाथि प्रश्न उठाएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत थापाले भदौ ४ गतेपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक नबसेको भन्दै तीन सांसदलाई पदमुक्त गर्ने निर्णय कसरी आयो भन्दै प्रश्न गरेका हुन् ।

    images
    images
    images

    उनले बागमती प्रदेश सभामा बुझाइएको पत्र 'फेक' नहोस् समेत भनेका छन् । उनले भनेका छन्- 'गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन। यस्तो अवस्थामा यो निर्णय कसरी आयो, म आश्चर्यचकित भएको छु। यो पत्रमा कुन मितिमा बैठक बसेको हो भन्ने उल्लेख नभएको हुँदा 'फेक' हो कि भन्ने पनि लाग्छ । यो सत्य नहोस् ।'

    images
    images
    images

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले हस्ताक्षर गरेको पत्र सोमबार प्रदेश सभा सभामुखलाई बुझाइएको थियो । पत्रमा पार्टीको निर्देशन र ह्विप उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गरिएको उल्लेख थियो ।

    यसअघि भदौ ४ मा बसेको राप्रपाको बैठकले बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।