देवदह । देवदह इङ्लिस बोर्डिङ हाई स्कुलमा कक्षा एल.के.जी. र यु.के.जी. तहका विद्यार्थीहरूबीच नेपाली बालगीत तथा रङ्ग भर्ने प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयमा साप्ताहिक रूपमा सञ्चालन हुँदै आएको प्रतियोगितात्मक कार्यक्रमअन्तर्गत सोमबार प्रतियोगिता आयोजना गरिएको हो । यु.के.जी. तहका विद्यार्थीहरूबीच नेपाली बालगीत तथा एल.के.जी. तहका विद्यार्थीहरूबीच रङ्ग भर्ने प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा विभिन्न कक्षाका गरी ८८ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ ।
यु.के.जी. रोजतर्फ नेपाली बालगीत प्रतियोगितामा विशाखा श्रेष्ठ प्रथम, सान्वी मल्ल द्वितीय र अनुप भुषाल तृतीय भएका छन् । त्यसैगरी यु.के.जी. लिलीतर्फ लिजा सारु प्रथम, स्वर्णिम गौतम द्वितीय र अप्सल खड्का तृतीय भएका छन् ।
त्यस्तै, एल.के.जी. रोजतर्फको रङ्ग भर्ने प्रतियोगितामा आयान्सा थापा प्रथम, एलिना पराजुली द्वितीय र आरब चौधरी तृतीय भएका छन् । एल.के.जी. लिलीतर्फ स्नेहा गाहा प्रथम, कृस्पा घले द्वितीय र इभा अधिकारी तृतीय हुन सफल भएका छन् ।
प्रतियोगिताको निर्णायकको भूमिका अनिशा नेपालीले निर्वाह गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्राचार्य मनोज कुमार गैरे रहेका थिए ।
कार्यक्रमको सञ्चालन तथा व्यवस्थापनमा कक्षा शिक्षकहरू सुमित्रा थापा (यु.के.जी. लिली), कृष्णकुमारी उचाइ (यु.के.जी. रोज), गीता पराजुली (एल.के.जी. लिली) र पार्वती पुन (एल.के.जी.) ले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रमले बालबालिकामा रहेको सिर्जनात्मक क्षमता, प्रस्तुतीकरण कला र आत्मविश्वास विकास गर्नुका साथै नेपाली भाषा र संस्कृतिप्रतिको रुचि बढाउन सहयोग पुगेको विद्यालयले जनाएको छ ।
विद्यालयले यस्ता अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको अन्तर्निहित प्रतिभाको पहिचान र प्रस्फुटन गर्दै उनीहरूको सर्वाङ्गीण विकासमा निरन्तर जोड दिँदै आएको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology