Logo

२०८३, आश्विन ९गते


images
images

टोरेसले दुई गोल गर्दै पिएसजीलाई हारबाट जोगाए

टोरेसले दुई गोल गर्दै पिएसजीलाई हारबाट जोगाए

images
  • टोरेसले दुई गोल गर्दै पिएसजीलाई हारबाट जोगाए
    images
    images

    काठमाडौँ । फ्रान्सेली शीर्ष डिभिजनको नयाँ सिजनमा साविक विजेता पिएसजीले रेनेससँग २-२ गोलको बराबरीमा रोकिएको छ । दुई गोलले पछि परेको पिएसजीलाई दोस्रो हाफमा मैदान प्रवेश गरेका फेरान टोरेसले दुई गोल गर्दै हारबाट जोगाएका हुन् ।

    images
    images
    images

    रेनेसको घरेलु मैदानमा भएको खेलमा सेबास्टियन सिमान्स्कीले नवौँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । उनको प्रहार पोलमा लाग्दै जाली चुमेको थियो । पिएसजीका डिजिरे डुएले गोल गरे पनि त्यो गोल अफसाइडका कारण मान्यता पाएन ।

    images
    images
    images

    रेनेसले ३८औँ मिनेटमा अग्रता दोब्बर बनायो । प्रजेमिस्लाव फ्रान्कोव्स्कीको तल्लो क्रसमा एस्तेबान लेपोलले एक टचमै गोल गर्दै रेनेसलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।

    images
    images
    images

    दोस्रो हाफमा पिएसजीले फेरान टोरेसलाई मैदानमा उतारेपछि खेलको दिशा बदलियो । ७१औँ मिनेटमा फाबियान रुइजको पासमा टोरेसले अफसाइड छल्दै गोल गरे र टोलीलाई खेलमा फर्काएका थिए । टोरेसले ८३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए । यसपटक पनि फाबियान रुइजकै पासमा उनले हेडमार्फत गोल गरेका थिए । नयाँ टोलीबाट पहिलो खेलमै दुई गोल गरेका टोरेसले पिएसजीलाई हारबाट जोगाएका थिए ।

    यस बराबरीसँगै पिएसजीले नयाँ सिजनको पहिलो खेलबाट एक अंक जोडेको छ । खेल पिएसजीको घरेलु मैदानमा हुने तय भए पनि मैदानको अवस्था खेलका लागि उपयुक्त नभएपछि रेनेसको रोआझोन पार्कमा सारिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।