Logo

२०८३, आश्विन ९गते


images
images

बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिदै

बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिदै

images
  • बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिदै
    images
    images

    हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभामा आज विश्वासको मत लिने भएका छन् ।

    images
    images
    images

    प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको आठौं अधिवेशनको १८औं बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

    images
    images
    images

    भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त थापामगरले सोमबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २६, नेकपा एमालेको २५, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । निर्वाचित ११० प्रदेशसभा सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्य कायम रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।