Logo

२०८३, आश्विन ९गते


images
images

कोलम्बो टेस्टको पहिलो दिन भारत बलियो अवस्थामा, पडिक्कलको शतक

कोलम्बो टेस्टको पहिलो दिन भारत बलियो अवस्थामा, पडिक्कलको शतक

images
  • कोलम्बो टेस्टको पहिलो दिन भारत बलियो अवस्थामा, पडिक्कलको शतक
    images
    images

    काठमाडौँ । भारत र श्रीलंकाबीच जारी कोलम्बो टेस्टको पहिलो दिनको खेल सकिँदा भारतले ८५ ओभरमा पाँच विकेट गुमाएर ३०० रन बनाएको छ । भारतका लागि देवदत्त पडिक्कलले उत्कृष्ट ११७ रनको शतकीय पारी खेलेका थिए ।

    images
    images
    images

    दिनको खेल सकिँदा ध्रुव जुरेल ७ रन र सारांश जैन ४ रनमा अविजित छन् । त्यस्तै जडेजाले ८३ बलमा ४३ रन बनाए । यसअघि केशारा नुवान्थाले देवदत्त पडिक्कललाई ११७ रनमा बोल्ड गरेका थिए । पडिक्कलले १९३ बलमा १२ चौकाको सहयोगमा शतक पूरा गरेका हुन् । यो उनको टेस्ट करिअरको दोस्रो शतक हो । श्रीलंकाविरुद्ध लगातार दोस्रो टेस्टमा शतक बनाएपछि पडिक्कल उत्कृष्ट लयमा देखिएका छन् ।

    images
    images
    images

    यसअघि गाले टेस्टको पहिलो पारीमा पडिक्कलले १६७ रन बनाएका थिए । दोस्रो पारीमा उनले ४४ रन बनाएका थिए । कोलम्बोमा पनि शतक बनाएपछि उनले भारतको तेस्रो क्रमको ब्याटरका रूपमा आफ्नो दाबी थप बलियो बनाएका छन् ।

    images
    images
    images

    भारतका कप्तान शुभमन गिलले ५० रन बनाएर आउट भए भने केएल राहुल १८, यशस्वी जयसवाल ४५ रनमा आउट भए । ऋषभ पन्त ३ रन बनाएर चोटका कारण अवकाश लिएर मैदानबाट बाहिरिएका थिए ।

    त्यस्तै, श्रीलंकाका बलर असिथा फर्नान्डोले सर्बाधिक ३ विकेट लिए भने लाहिरु कुमारा र केशारा नुवान्थाले एक एक विकेट लिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोलम्बो टेस्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।