Logo

२०८३, आश्विन ९गते


images
images

पर्वतमा अटो दुर्घटनामा एक जनाको मृत्यु

पर्वतमा अटो दुर्घटनामा एक जनाको मृत्यु

images
  • पर्वतमा अटो दुर्घटनामा एक जनाको मृत्यु
    images
    images

    पर्वत । पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    images
    images
    images

    शनिबार दिउँसो करिब २: ३० बजे लुङ्खुबाट बाच्छातर्फ जाँदै गरेको ध १ ह ६१ नम्बरको अटो ओरालो सडकमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनामा बिहादी गाउँपालिका–१ बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विक गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा प्रदेश अस्पताल कुश्मामा दिउँसो ३: ३९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटो चालक फलेवास नगरपालिका–११ पाङग्राङका ३६ वर्षीय मनबहादुर परियार, बिहादी गाउँपालिका–१ बाच्छा देउरालीकी २४ वर्षीया कविता विक, १५ वर्षीया अन्जुली विक र १३ वर्षीया दुर्गा विक घाइते भएका छन् ।

    images
    images
    images

    घाइते चारै जनाको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अटो दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।