Logo

२०८३, आश्विन ९गते


images
images

खेल

खेलाडीलाई थप्पड हानेको घटनामा मेसीलाई जरिवाना

खेलाडीलाई थप्पड हानेको घटनामा मेसीलाई जरिवाना

images
  • खेलाडीलाई थप्पड हानेको घटनामा मेसीलाई जरिवाना
    images
    images

    काठमाडौँ । इन्टर मियामीका अर्जेन्टिनी स्टार लियोनेल मेसीलाई फिलाडेल्फिया युनियनका क्विन सुलिभानलाई थप्पड हानेपछि मेजर फुटबल लिगले जरिवाना गरेको छ ।

    images
    images
    images

    बुधबार भएको खेलमा इन्टर मियामी र फिलाडेल्फिया युनियनले २-२ गोलको बराबरी खेलेका थिए । खेल सकिनै लाग्दा आफूले बल खेलाएपछि सुलिभानले कुहिनाले प्रहार गरेको भन्दै मेसीले उनको टाउकोको पछाडिको भागमा थप्पड हानेका थिए ।

    images
    images
    images

    मेसीको थप्पडपछि सुलिभान आक्रोशित बनेका थिए । तर, रेफ्रीले तत्काल हस्तक्षेप गर्दै दुवै खेलाडीलाई अलग गरेका थिए । मेजर फुटबल लिगले मेसीलाई जरिवाना गरिएको पुष्टि गरे पनि जरिवानाको रकम भने सार्वजनिक गरेको छैन ।

    images
    images
    images

    उक्त खेलमा मेसीले इन्टर मियामीका लागि दोस्रो गोल गरेका थिए । यो गोल उनका बुबाको निधनपछि पहिलो गोलसमेत थियो ।

    सुलिभानसँग विवादमा परेका मेसी मात्र थिएनन् । इन्टर मियामीका इयान फ्रेले पनि सुलिभानको घाँटी समातेपछि उनलाई समेत लिगले जरिवाना गरेको छ । सुलिभानले पेनाल्टी क्षेत्रभित्र सन्तुलन गुमाएपछि दुवै खेलाडीबीच झगडा हुँदा फ्रेले उनको घाँटी समातेका थिए ।

    तनावपूर्ण बनेको खेलमा अतिरिक्त समयमा दुई खेलाडीले रातो कार्ड पाएका थिए । इन्टर मियामीका यानिक ब्राइट र सुलिभानका भाइ काभान सुलिभानलाई मैदानबाट बाहिर पठाइएको थियो । यद्यपि, खेलको समीक्षा गरेपछि काभानमाथि लगाइएको एक खेलको प्रतिबन्ध भने फिर्ता लिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।