Logo

२०८३, भाद्र ५गते


images
images

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

images
  • महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
    images
    images

    महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१, विश्वकर्मा चोकस्थित गौशाला–माइस्थान सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

    images
    images
    images

    गौशालाबाट माइस्थानतर्फ जाँदै गरेको ज. ७ प. ३७८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा गौशाला नगरपालिका–१ वानटोल बस्ने अन्दाजी ५ वर्षीय आदित्य कुमार महतोलाई ठक्कर दिँदा उनको टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते भएका बालकलाई शुभ स्वस्तिक अस्पताल, बर्दिबासमा लगेर सामान्य उपचारपछि थप उपचारका लागि जनकपुरतर्फ पठाइएको थियो । न्युरो अस्पताल, जनकपुरबाट थप उपचारका लागि बालकलाई मेडिसिटी अस्पताल, ललितपुर रिफर गरिएको थियो । मेडिसिटी अस्पताल, ललितपुरमा उपचारका क्रममा घाइते आदित्य कुमार महतोको मृत्यु भएको हो । 

    images
    images
    images

    इ.प्र.का. गौशालाबाट खटिएको टोलीले उक्त मोटरसाइकल र गौशाला नगरपालिका–८, बेलगाछी बस्ने अन्दाजी ४१ वर्षीय मोटरसाइकल चालक दिलीप कुमार खड्कालाई नियन्त्रणमा लिई इ.प्र.का. गौशालामा राखिएको र घट्ना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।