Logo

२०८३, भाद्र ५गते


images
images

नेपाल-भारत सीमा व्यवस्थापन कार्यदलको १४औँ बैठक देहरादूनमा सम्पन्न

नेपाल-भारत सीमा व्यवस्थापन कार्यदलको १४औँ बैठक देहरादूनमा सम्पन्न

images
  • नेपाल-भारत सीमा व्यवस्थापन कार्यदलको १४औँ बैठक देहरादूनमा सम्पन्न
    images
    images

    काठमाडौँ । नेपाल-भारतबीच सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १४औँ बैठक भारतको देहरादूनमा सम्पन्न भएको छ । बैठक भदौ ४ र ५ गते अर्थात् अगस्ट २० र २१ मा सम्पन्न भएको हो ।

    images
    images
    images

    बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको गृह मन्त्रालयकी सहसचिव पौसुमी बासुले गरेकी थिइन् ।

    images
    images
    images

    बैठकमा गत वर्ष चैतमा पोखरामा सम्पन्न १३औँ बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गरिएको थियो । सीमापार अपराध, लागुऔषध, मनोद्वीपक पदार्थ, प्रतिबन्धित तथा नियन्त्रित औषधि, वन्यजन्तु तथा मानव बेचबिखन, जाली नोटलगायत आर्थिक अपराध तथा हातहतियार र खरखजानासहितका गैरकानुनी गतिविधि नियन्त्रणका लागि दुवै देशका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र तत्काल सूचना आदानप्रदानलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

    images
    images
    images

    नेपाली पक्षले साइबर अपराध तथा सीमापार डिजिटल ठगीलगायत नयाँ सुरक्षा चुनौतीका विषयसमेत बैठकमा उठाएको थियो । त्यसैगरी, दशगजा क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग नियन्त्रण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोग तथा पारस्परिक कानुनी सहायता लगायतका महत्वपूर्ण सीमा व्यवस्थापनका विषयमा पनि विस्तृत छलफल भएको थियो ।

    बैठकमा दुवै देशका नागरिकको सीमापार आवागमनलाई सहज बनाउने, नेपाल र भारतका सीमा नाका हुँदै आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकको सहजीकरण तथा निगरानी संयन्त्रलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

    विपद् व्यवस्थापन तथा नेपाल–भारत जिल्लास्तरीय समन्वय बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्षबीच छलफल भएको थियो। सीमा क्षेत्रका संवेदनशील स्थानमा अत्याधुनिक प्रविधि तथा निगरानी उपकरणको प्रयोग गरी सुरक्षा निगरानी बढाउने विषयमा समेत सहमति भएको छ ।

    कार्यदलको आगामी बैठक दुवै पक्षका लागि अनुकूल मितिमा नेपालमा आयोजना गर्ने सहमति भएको गृह मन्त्रालयले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।