Logo

२०८३, भाद्र ५गते


images
images

देवदह जेसिजको स्थापना दिवसमा ४० विद्यार्थीलाई शैक्षिक सामग्री र  पोशाक वितरण

देवदह जेसिजको स्थापना दिवसमा ४० विद्यार्थीलाई शैक्षिक सामग्री र  पोशाक वितरण

images
  • देवदह जेसिजको स्थापना दिवसमा ४० विद्यार्थीलाई शैक्षिक सामग्री र  पोशाक वितरण
    images
    images

    देवदह । देवदह जेसिजले ११औँ स्थापना दिवसको अवसरमा  ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको जनाएको छ ।  शुक्रवार एक कार्यक्रम बीच देवदह–६ स्थित कालिका आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग वितरण गरिएको अध्यक्ष विजय सापकोटाले बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रथम नगर प्रमुखसमेत रहेका देवदह जेसिजका मानार्थ सदस्य हिरा बहादुर खत्रीले देवदह जेसिजले ११ वर्षको यात्रामा विभिन्न आरोह–अवरोह तथा चुनौती पार गर्दै सामाजिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको बताए ।  

    images
    images
    images

    विद्यालयका प्रधानाध्यापक तेजबहादुर अर्यालले विद्यालय र विद्यार्थीका आवश्यकताबारे चर्चा गर्दै यस्ता सहयोगले विद्यार्थीमा उत्साह थप्ने बताए  ।

    images
    images
    images

    कार्यक्रममा देवदह जेसिजका संस्थापक अध्यक्ष विजय गुरुङ, मानार्थ सदस्य दामोदर क्षेत्री, देवदह नगरपालिका–९ का वडा अध्यक्ष मोहनबहादुर जिसी, वडा सदस्य चमाकान्त गौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गीतासरा घर्तीमगर, पूर्व अध्यक्ष विष्णु न्यौपाने लगायतको उपस्थिति थियो ।

    अध्यक्ष सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा आक्रोश देवकोटाको स्वागत तथा  दिपेश अर्यालको सञ्चालन रहेको थियो ।

     

     

     

     

     

     

     

    स्थापना दिवसको अवसरमा गरिएको शैक्षिक सामग्री तथा पोशाक सहयोगले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई अध्ययनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।