Logo

२०८३, आश्विन १०गते


images
images

विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न पाउने ४० कलाकारमा को को परे ?

विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न पाउने ४० कलाकारमा को को परे ?

images
  • विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न पाउने ४० कलाकारमा को को परे ?
    images
    images

    काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेकाे पहलमा नेपालका ४० जना कलाकारले विमानस्थलको भीआईपी (अति विशिष्ट/विशिष्ट) कक्ष प्रयोग गर्न पाउने भएका छन् ।

    images
    images
    images

    चलचित्र विकास बाेर्डले उपलब्ध गराएको विशिष्ट श्रेणीको परिचयपत्रका आधारमा ४० जना कलाकारले विमानस्थलकाे भीआईपी कक्ष प्रयोग गर्न पाउने भएका हुन् । 

    images
    images
    images

    बाेर्डले जारी गरेको परिचयपत्रका आधारमा विमानस्थल कार्यालयले विदेश जाँदा तथा फर्किँदा विशिष्ट श्रेणीका कलाकारलाई भीआईपी कक्ष प्रयोग गर्न दिइने जनाइएको छ ।

    images
    images
    images

    विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र प्राप्त गर्नेहरूमा हरिवंश आचार्यदेखि राजेश हमाल, नीर शाह, शिव श्रेष्ठ, कृष्ण मल्ल, मिथिला शर्मा, राजेन्द्र खड्गी, अशोक शर्मा, शम्भुजित बाँस्कोटालगायतका रहेका छन् ।

    बाेर्डको पत्रलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सदर गर्दै गृह मन्त्रालयलाई भीआईपी कक्ष उपलब्ध गराउनका लागि पत्राचार गरिसकेको छ । 

    विसं २०७३ सालमा बोर्डले विशिष्ट श्रेणीको कलाकारको परिचयपत्रका लागि आवेदन दिन आग्रह गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।