Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा बैंकिङ निर्णय र आपराधिक कार्यबीच भिन्नता छुट्याउन सिबिफिनको माग

इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा बैंकिङ निर्णय र आपराधिक कार्यबीच भिन्नता छुट्याउन सिबिफिनको माग

images
  • इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा बैंकिङ निर्णय र आपराधिक कार्यबीच भिन्नता छुट्याउन सिबिफिनको माग
    images
    images

    काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको धितो लिलाम प्रक्रियालाई लिएर बैंकका केही नेतृत्वदायी व्यक्तिमाथि मुद्दा दायर भएको विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

    images
    images
    images

    सिबिफिनले बैंकले कानूनबमोजिम सिर्जना गरेको धितो तथा सुरक्षण अधिकारलाई पछि जारी भएका नियमले प्रभावित गर्न सक्ने वा नसक्ने विषयमा कानुनी स्पष्टता आवश्यक रहेको जनाएको छ ।

    images
    images
    images

    बैंक तथा वित्तीय संस्थाका कर्जा, धितो र असुलीसम्बन्धी व्यावसायिक निर्णयको प्राविधिक तथा नियामकीय परीक्षण गर्ने प्राथमिक जिम्मेवारी नेपाल राष्ट्र बैंकको भएकाले थप अनुसन्धान वा कारबाहीअघि त्यसको राय लिनुपर्ने सिबिफिनको भनाइ छ ।

    images
    images
    images

    व्यावसायिक तथा नियामकीय निर्णय र आपराधिक कार्यबीचको भिन्नता स्पष्ट नगरी अनुसन्धान तथा अभियोजन गर्दा बैंकिङ क्षेत्रमा निर्णय क्षमता, नेतृत्वको मनोबल र जनविश्वासमा असर पर्न सक्ने भन्दै सिबिफिनले सचेत गराएको छ ।

    सिबिफिनले स्पष्ट आपराधिक आधार नभएका देवानी तथा नियामकीय विवादलाई फौजदारीकरण नगरी सम्बन्धित कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । अदालतको न्यायिक प्रक्रियाप्रति सम्मान व्यक्त गर्दै कानून उल्लंघन प्रमाणित भए कानूनबमोजिम कारबाही हुनुपर्ने पनि उसले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।