Logo

२०८३, भाद्र ५गते


images
images

अन्तर्राष्ट्रिय

रुसी आक्रमणमा किभमा १३ जनाको मृत्यु

रुसी आक्रमणमा किभमा १३ जनाको मृत्यु

images
  • रुसी आक्रमणमा किभमा १३ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । युक्रेनको राजधानी किभमा रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

    images
    images
    images

    आक्रमणमा आवासीय भवन, गोदाम, बाल अस्पताल र विद्यालयमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

    images
    images
    images

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हवाई प्रतिरक्षा क्षेप्यास्त्रको अभावका कारण ठूलो क्षति भएको बताएका छन् । उनले सहयोगी मुलुकसँग थप प्रतिरक्षा क्षेप्यास्त्र उपलब्ध गराउन आग्रह गरेका छन् । युक्रेनका अनुसार रुसले १६८ वटा मानवरहित विमान र ४४ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । तीमध्ये १४६ वटा मानवरहित विमान र ३९ वटा क्रुज क्षेप्यास्त्र खसालिएको दाबी गरिएको छ ।

    images
    images
    images

    रुसले भने आफ्ना सैन्य संरचना र गोदामलाई लक्ष्य बनाएर आक्रमण गरिएको जनाएको छ । पछिल्ला केही सातादेखि दुवै पक्षले एकअर्काको भूभागमा ठूलो हवाई आक्रमण गर्दै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # किभ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।